वि.सं. २०८३ कार्तिक ९, मङ्गलबार
सिक्किम २५°C
लगइन
लगइन
मुख्य पृष्ठमा फर्कनुहोस् सम्पादकीय नीति र तथ्य जाँच
विचार

लिङ्दोक: पर्दा पछाडिका नायकहरू र खेलकुदलाई जीवन अर्पण गर्ने प्रधान परिवार

Special Correspondent
२०८३ श्रावण २४, शनिबार
१०:१५ बजे | अद्यावधिक: १०:४५
270 पटक हेरिएको
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp Viber
लिङ्दोक: पर्दा पछाडिका नायकहरू र खेलकुदलाई जीवन अर्पण गर्ने प्रधान परिवार
लिङ्दोक: पर्दा पछाडिका नायकहरू र खेलकुदलाई जीवन अर्पण गर्ने प्रधान परिवार

सिक्किमको राजधानी गान्तोक नजिकै रहेको गान्तोक जनपदको महकुमाभित्र पर्ने हाउँ हो लिङ्दोक-नौ-माईल। यसको वास्तविक नाम हो ल्याङ्दोक- जसको अर्थ धानबारी । एउटा सानो र रमणीय गाउँ हो । राजधानीको सुगमता नजिकै भएर पनि यो गाउँ लामो समयसम्म ओझेलमा पर्दै आएको छ । लेप्चा भाषामा ‘ल्याङ्दोक’ भन्नाले ‘धान खेती गर्ने ठाउँ अर्थात् धानबारी’ भन्ने बुझिन्छ । सिक्किम सरकारद्वारा सन् २०२३ मा गठित स्वर्गीय सानु लामा@गरूडसिंह लामाको अध्यक्षतामा गठित बाह्र सदस्यीय सही नामकरण अध्ययन समितिको प्रतिवेदनले पनि यस ऐतिहासिक सत्यतालाई पुष्टि गरेको छ। ओसिलो माटो र प्रचुर उब्जनी हुने यो गाउँ बाहिरी संसारका लागि भलैपनि अज्ञात होला, तर यसले सिक्किमको माटोमा अमूल्य योगदान पुर्‍याउने धेरै हस्तीहरू जन्माएको छ।

यस्तै ओझेलमा परेका प्रतिभा र निष्काम कर्मयोगीहरूमध्ये एक अग्रगामी नाम हो— स्वर्गीय राज क्रिष्ट्रो प्रधान (मुन्सी बाऊ)।

मूलतः दार्जेलिङमा जन्मिनुभएका स्वर्गीय प्रधानले सन् १९५०-को दशकमा लिन्दोकलाई आफ्नो कर्मभूमि बनाउनु भएको पाइन्छ। पेशाले ठेकेदार भए तापनि उहाँको वास्तविक पहिचान भने एक समर्पित खेलाडी, कुशल रेफ्री र सिक्किममा फुटबल खेलका प्रणेताको रूपमा स्थापित हुनुहुन्छ । उहाँलाई स्थानीय बासिन्दाहरूले आदरपूर्वक ‘मुन्सी बाऊ’ भनेर बोलाउथे ।

सन् १९६० देखि १९८०-को दशकसम्म सिक्किमका प्रायः सबै प्रतिष्ठित फुटबल मैदानहरूमा उहाँ रेफ्रीको रूपमा उभिनु हुन्थ्यो। सिक्किममा फुटबल खेललाई जनस्तरमा पुर्‍याउन र संस्थागत गर्न उहाँको अतुलनीय योगदान रहेको छ । सन् १९७०-को दशकमा तत्कालीन महाराजाको निर्देशन र पूर्व मुख्य सचिव श्री पी.के. प्रधानको अगुवाईमा ‘सिक्किम फुटबल सङ्घ’ गठन हुँदा मुन्सी बाऊले अग्रगामी भूमिका निर्वाह गर्नुभएको थियो । यसबाहेक, भारतकै प्रतिष्ठित ‘अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता’-मा उहाँले दुई दशकभन्दा बढी समयसम्म रेफ्रीको जिम्मेवारी सम्हालेर सिक्किमको नाम उँचो बनाउनु भएको इतिहास पाइन्छ ।

यस बाहेक मुन्सी बाऊले सन् १९८०-को दशकमा लिङ्दोकको तत्कालिन निम्न माध्यमिक पाठशाला निर्माणमा पनि उहाँको भूमिका अवस्मरणीय रहेको छ । यसले उनको शिक्षा जस्ता धरोहरलाई मज्बुत बनाउन गरेको योगदान काम छैन । सो स्कुलको पुरानो बिल्डिङ्ग अहिले पनि यथावत छ- जसले मन्सी बाऊको याद र सम्झना गराउँछ।

खेलकुदप्रतिको यो समर्पण प्रधान परिवारको रगतमै बगेको पाइन्छ। मुन्सी बाऊका सुपुत्र ‘गङ्गु सर’ ले पनि खेलकुद र शिक्षा क्षेत्रमा अमूल्य योगदान दिनुभयो। उहाँ एक आदर्श शिक्षक हुनुहुन्थ्यो, जसले कुनै पनि स्वार्थबिना आफ्नो जीवन समाज निर्माणमा अर्पण गर्नुभयो। उहाँको प्रेरणादायी वाणी र शिक्षणकला आज पनि विद्यार्थीहरूको मनमा जीवितै छ ।

समय बग्दै जाँदा, यो खेलप्रेमी विरासतलाई अगाडि बढाउने जिम्मेवारी उहाँहरूको नाती पुस्ताका प्याट्रिक प्रधानले बोक्दै छन् ।

लिङ्दोकको यो प्रधान परिवार कुनै सामान्य परिवार होइन; यो खेलकुद, शिक्षा र समाज सेवाको एक जीवित इतिहास हो । यद्यपि, लामो समयसम्म स्थानीयस्तरमा उनीहरूको योगदानले पाउनुपर्ने जति कदर पाएन, तर सत्य र निष्ठाले सधैं प्रकाश छरिरहन्छ । आज सिक्किम राज्यले यी महान् व्यक्तित्वहरूको त्याग र योगदानलाई सम्मानका साथ चिन्न थालेको छ ।

प्रधान परिवारको यो गाथा केवल एक परिवारको मात्र नभई, सिक्किमको खेलकुद इतिहासको त्यो सुनौला पाना हो, जसले हामीलाई सिकाउँछ— “सच्चा कर्मले कहिल्यै मर्नु पर्दैन, त्यो समयको गहिराइबाट उक्लिएर एक दिन अवश्य उज्यालो बनेर चम्किरहन्छ।”

अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।